फिचर

प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित

अनलाइन नेपालगंज

आईतवार, २४ आश्विन २०७२

एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

KP-oli-650

 

व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३२८ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् ।