बिज्ञान/प्रबिधि

पि बडी किट जसको प्रयोग गरेर महिलाहरुले पनि उठेरै पिसाब फेर्न सक्छन् (Video)

अनलाइन नेपालगंज

बिहीबार, २१ आश्विन २०७२
पि बडी एक नली जस्तै किट हो जसको प्रयोग गरी महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् । पिसाब फेरेपछि महिलाहरुले यसलाई फ्याँक्न सक्छन् । अर्थात् महिलाहरुलाई दुर्गन्धित ट्वाइलेट सिटमा बसिरहनुपर्ने बाध्यता हुनेछैन ।

दुर्गन्धित ट्वाइलेटका कारण हुने यौनांग सम्बन्धि विभिन्न संक्रमण तथा गर्भवती लगायतका बाथ र जोर्नी सम्बन्धि रोगका कारण बस्नै अप्ठेरो हुने महिलाका लागि यो किट उपयोगी हुने दाबी उनको छ ।

कामकाजी महिलाहरुले आफु पुगेको ठाउँमा पिसाब फेर्दा त्यहाँको ट्वाइलेट सिटमा बस्नुपर्दा त्यो फोहोर भएमा रोगको संक्रमण हुने जोखिम उच्च रहने भएकाले यो उपकरण घुमफिर गरिरहनुपर्ने तथा कामकाजी र व्यस्त महिलाका लागि निकै उपयोगी हुने देखिएको छ ।