समाचार

चीनले नाकाबन्दीविरुद्ध नेपाललाई सहयोगको रिसमा चीन गो ब्याक, भारत जिन्दावाद भन्दै चीनको झण्डा जलाए

अनलाइन नेपालगंज

बिहीबार, २१ आश्विन २०७२

राजविराज : नेपालको नयाँ संविधानलाई स्वागत गरेको चीनले नाकाबन्दीविरुद्ध नेपाललाई सहयोग गर्न खोजेको रिसमा भारदह, पोर्ताहाका युवाहरुले छिमेकी मुलुक चीनको राष्ट्रिय झण्डा बुधबार जलाएका छन् । पोर्ताहा गाविसस्थित कंकालिनी माबिबाट भारत जिन्दाबाद भन्दै निस्केको जुलुस भारदह गाविसस्थित चौकको परिक्रमा गरी पोर्ताहा चौकमा पुगेर प्रदर्शनकारीहरुले झण्डा जलाएका थिए ।

जुलुसका सहभागीहरुले चीन गो ब्याक, मधेस आन्दोलनमा भारतीय सहयोग जिन्दावादलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

संविधानसभाबाट असोज ३ गते जारी नेपालको संबिधानलाई चीनले स्वागत गरेको, मधेस आन्दोलनलाई समर्थन नगरेको, मधेसीको नाकाबन्दीको बिरोध गरेकोले चीनको झण्डा जलाएको जुलुसका अगुवा शंकर खिडहरी यादवले बताए ।