खेलकुद

नेपालको एएफसी यु–१९ छनोट हुने सपना चकनाचुर,जोर्डनसँग ३–० को हा

अनलाइन नेपालगंज

बुधबार, २० आश्विन २०७२

काठमाडौं, असोज १९ । नेपाल एएफसी यु–१९ छनोट फुटबलबाट बाहिरिएको छ । इरानमा भएको समूह चरणको खेलमा एक अंकमात्र हासिल गरेको नेपाल समूहको पुछारमा रहँदै बाहिरिएको हो ।मंगलबार अन्तिम खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भयो । खेलको १५ मिनेटभित्रै दुई गोल खाएपछि दबाबमा परेको नेपालले इन्जुरी समयमा थप एक गोल खाएको हो ।

यो फितलो प्रदर्शनसँगै समूहको उपविजेता बन्दै उत्कृष्ट पाँचभित्र रहेर अर्को वर्ष बहराइनमा हुने फाइनल चरण खेल्ने नेपालको सपना चकनाचुर भएको हो ।नेपालले पहिलो खेलमा इरानसँग १०–० को फराकिलो हार ब्यहोर्दा दोस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । – See more at: http://np.likenepal.com/sports/nepal-vs-jordan#sthash.ojr8OLnB.dpuf