खेलकुद

अग्युरोको पाँच गोल

अनलाइन नेपालगंज

आईतवार, १७ आश्विन २०७२

असोज १७ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । म्यानचेस्टर सिटीले न्युक्यासललाई ६–१ ले हराएको हो । सिटको जिमा सर्जियो अग्युरो नायक बने । अग्युरोले २० मिनेटभित्र पाँच गोल गरे ।

न्युक्यासलमाथि सानदार जित दर्ता गरेको सिटी खेलको सुरुमा भने पछि परेको थियो । १८ औं मिनेटमा मिटरोभिचले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

सिटीका लागि ४२ औं मिनेटमा अग्युरोले गोल गर्दै गोलको खाता खोले । ४९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्युरोले सिटीलाई २–१ को जित दिलाए । त्यसको एक मिनेटपछि अग्युरोले ह्याट्रिक पुरा गरे ।

augerio

५३ औं मिनेटमा केभिन डी ब्राउनले गोल गर्दै सिटीको अग्रता ४–१ मा पुर्‍याए । ६० औं मिनेटमा व्यक्तिगत चौंथो र ६२ औं मिनेटमा पाँचौं गोल गरेका अग्युरोले सिटीलाई ६–१ को जित दिलाए । अर्जेन्टिनाका अग्युरो प्रिमियर लिगको एक खेलमै पाँच गोल गर्ने पाँचौं खेलाडी बनेका छन् ।

यसअघि एलन शिएरर, दिमिटर बरबटोभ, एन्डी कोल र जर्मेन डिफोले प्रिमियर लिगको एक खेलमै पाँच गोलगरेका थिए । अग्युरोको पाँचगोलको मद्धतमा सानदार जित निकालेको सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटीको ८ खेलबाट १८ अंक भएको छ । ८ खेलबाट मात्रै तीन अंक जोडेको न्युक्यासल पुछारमा छ ।