समाचार

‘अघोषित नाकाबन्दी’ खोल्न भारतीय विदेश मन्त्रालयले निर्देशन

अनलाइन नेपालगंज

शनिबार, १६ आश्विन २०७२

संविधान जारी भएपछि मधेस आन्दोलनलाई कारण देखाउँदै नेपालमा सुरु गरेको ‘अघोषित नाकाबन्दी’ खोल्न भारतीय विदेश मन्त्रालयले सरोकारसम्बद्ध निकायलाई निर्देशन दिएको छ। ‘शनिबारदेखि सबै नाकामा आवातजावत सहज बनाउन भारतीय विदेश मन्त्रालयले निर्देशन दिएका छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।

 

madesh-andolan

 

नेपालका लागि ढुवानी तथा पारवहनमा मानिएका छ वटै मुख्य र अन्य सहायक ब्यापारिक नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन शनिबार निर्देश गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्यूयोर्कबाट दिल्ली फिरेपछि सुरु भएको परामर्श तथा नेपालको संविधानमा अधिकतम सहमतिको सरोकारमा अघि बढेको संशोधनको सहमति हेरेर तत्कालबाट लागू हुने गरी नाका खुला गरिएको स्रोतले जनायो ।