अन्तराष्ट्रिय समाचार

अमेरिकी सेनाको जहाज दुर्घटनाग्रस्त, १३ को मृत्यु

अनलाइन नेपालगंज

शनिबार, १६ आश्विन २०७२

अमेरिकी सेनाको एउटा कार्गो जहाज दुर्घटना हुँदा शुक्रबार अफगानस्तिानमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ६ जना अमेरिकन छन्। टेकअफ लिने क्रममा जहाज दुर्घटना भएको काबुल स्थित अमेरिकी सेनाका अधिकारीहरुले जनाएका छन्।

 

us plane crash in afganstan

 

अमेरिकी सेनाकाअनुसार मध्यरातमा जलालावाद विमानस्थलमा टेकअफ लिए लगत्तै जहाज दुर्घटना भएको थियो। चालक दल सहित ६ जना अमेरिकी, ५ सर्वसाधारण ठेकेदार र दुई अफगानी नागरिकको दुर्घटनामा मृत्यु भएको बताइएको छ।