समाचार

बंगलादेशबाट रसीयन, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी

अनलाइन नेपालगंज

बिहीबार, १४ आश्विन २०७२

आन्तरिक उडानलाई प्रभावित हुन नदिन सरकारले बंगलादेशबाट रसीयन, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी गरेको छ । भारतले गरेको नाकाबन्दीका कारण हवाई इन्धन आपूर्ति रोकिएपछि सरकारी अधिकारीहरुले बंगलादेशबाट एयरलिफ्ट मार्फत् इन्धन खरिद गरेर ल्याउन सकिनेलगायतका तीन वटा उपाय सरकारलाई सुझाएका छन् ।

 

ilyushin-il-76

 

वाणिज्य, गृह, पर्यटन र अर्थ मन्त्रालयको सचिवस्तरीय बैठकले मंगलबार गठन गरेको ७ सदस्यीय प्राविधिक समितिले चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल- ७६ विमान भाडामा लिई हवाई इन्धन आपूर्ति गर्न सकिने सिफारिस गरेको छ । समितिले दोस्रो विकल्पमा चीन र अमेरिकी सैनिक विमानबाट इन्धन बोक्न सकिने भनेको छ । समितिले सैनिक विमानले ढाकादेखि हवाई इन्धन ल्याउनु परे ४० देखि ५० हजार लिटरसम्म तेल बोक्न सक्ने निष्कर्ष निकालेका छन् ।