खेलकुद

राष्ट्रिय लिग फुटबलमा आज उपाधि दाबेदार मानिएका मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने

अनलाइन नेपालगंज

मंगलवार, १२ आश्विन २०७२

राष्ट्रिय लिग फुटबलमा आज उपाधि दाबेदार मानिएका मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेलमा उपाधि होड बलियो पार्न यी दुवै टिमलाई जित आवश्यक छ ।
लिग अंक तालिकाको तेस्रो स्थानमा रहेको मनाङले अहिलेसम्म १० खेलमा १९ अंक जोडेको छ भने त्यत्तिनै खेल खेलेका आर्मी र एपीएफको १७–१७ अंक छ । १२ खेल खेलेको झापा–एघार २४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै ११ खेल खेलेको थ्री स्टार २२ अंकसहित दोस्रो स्थानमा छ ।