बिज्ञान/प्रबिधि

मंगल ग्रहमा पानी रहेको तथ्य सार्वजनिक

अनलाइन नेपालगंज

मंगलवार, १२ आश्विन २०७२

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले मंगल ग्रहमा पानी रहेको तथ्य सार्वजनिक गरेको छ । नासाले मंगल ग्रहमा अहिले पनि पानी बगिरहेको तथ्य सार्वजनिक गरेको हो ।
नयाँ खोज जारी राखेको नासाले मंगल ग्रहमा प्राणीहरु रहेको हुन सक्ने बताएको छ । लामो समयदेखि मंगल ग्रहका बारेमा अध्ययन जारी राखेका बैज्ञानिकहरुले त्यहाँबाट अन्तरिक्ष यानले पठाएको फोटाहरुको विष्लेषण गरी पानी रहेको बताएका हुन् ।
नासाको उपग्रहबाट प्राप्त तथ्यांक अनुसार मंगल ग्रहमा नुन र पानी तथा परिवर्तित वायु मण्डल रहेको वैज्ञानिकहरुको भनाई छ । नासाका बैज्ञानिक लुजेन्द्र ओझा र उनका सहयोगी शोधकर्ताहरुले न्याचुरल जियोसाईन्स जनरलमा यससम्बन्धी खोज प्रकाशितसमेत गरेका छन् । नासाले मंगल ग्रहमा पानी रहेको तथ्य गयराती विश्वव्यापी रुपमा सार्वजनिक गरेको हो । बैज्ञानिक ओझाले उक्त पानी अन्तरिक्ष यात्रामा जाने व्यक्तिहरुका लागि पनि उपयोगी हुने बताएका छन् । मंगल ग्रहमा पानी भएको तथ्य पत्ता लगाउने ओझा नेपाली बैज्ञानिक हुन् ।