समाचार

भारतले भन्यो – सीमा अबरोध नेपाली कै कारणले भएको हो (प्रेस बिज्ञप्ती सहित)

अनलाइन नेपालगंज

शुक्रबार, ८ आश्विन २०७२
काठमाण्डौ – भारतले नेपाल भारत सीमा क्षेत्रमा कुनै अवरोध सिर्जना नगरेको पुनः स्पष्ट पारेको छ । दूतावासले आज चौथो पटक विज्ञप्ति निकालेर नेपाल भारत नाकाका विभिन्न ठाँउमा ढुवानीमा कठिनाई भएको भन्दै यो अवरोध भारत नीति अनुरुप नभएको र असन्तुष्ट नेपालीहरुले गर्दै आएको प्रदर्शनका कारण भएको बताएको छ ।
india_press_release
 ‘हामी फेरी आग्रह गर्दछौं, तराईमा देखिएको समस्या पूर्णतया राजनीतिक समस्या हो यसको सम्बोधन गरियोस् ।’ विज्ञप्तीमा भनिएको छ ।
तराई आन्दोलन अराजक बन्दै गएकाले असुरक्षाको कारण देखाउँदै ढुवानीकर्ताहरुले भारतीय पक्षसँग बारम्बार गुनासो गरेको विज्ञप्तिमा उल्लेख छ ।