अन्तराष्ट्रिय समाचार

हजयात्रीबीच भएको भागदौडमा ज्यान गुमाउने नेपालीको संख्या पाँच पुग्यो

अनलाइन नेपालगंज

शुक्रबार, ८ आश्विन २०७२

८ असोज, काठमाडौं । साउदी अरबको मक्कामा हज यात्राका क्रममा भएको भागदौडमा परी ज्यान गुमाउने नेपालीको संख्या पाँच पुगेको छ ।

भागदौडमा परी पर्साका पासपोर्ट नम्बर ०८६५८०९७ का अजहर मिया, पासपोर्ट नम्बर ०८६५८०७७ की आस्मा खातुन, पासपोर्ट नम्बर ०८७०४०९१ का जाकिर हुसेन तथा पासपोर्ट नम्बर ०८६०४०४० का सुमन मिया रहेका छन् ।

त्यस्तै घाइते अवस्थामा रहेका नेपालगञ्ज उपमहानगरपालिका ९ का ५४ वर्षका बरकत तुल्लाह अन्सारीको पनि शुक्रबार बिहान निधन भएको हज केन्द्रीय कमिटीका सदस्य हाजिम हलिम अन्सारीले जानकारी दिए ।

हजयात्राका क्रममा भएको भागदौडमा ७ सय १७ जनाको मृत्यु भएको छ । ८ सय बढी घाइते भएका छन् ।

हजको दोस्रो दिन मक्काबाट लगभग सात किलोमिटर दुरीमा रहेको मीनामा शैतानलाई ढुंगा हान्ने धार्मिक विधिका क्रममा अचानक भागदौड मच्चिएको थियो ।