राजनिति

३०औं निशुल्क आँखा उपचार शिविर आजदेखि जुम्ला बजारमा सुरु

अनलाइन नेपालगंज

आईतवार, ३ आश्विन २०७२

३०औं निशुल्क आँखा उपचार शिविर आजदेखि जुम्ला बजारमा सुरु हुँदैछ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा जुम्ला र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको आयोजनामा शिविर हुन लागेको हो ।

jumla_district

मोतिविन्दुको शल्यक्रिया गर्नु पर्ने बिरामीहरुलाई लक्षित गरि भारतीवाडामा रहेको आँखा उपचार केन्द्रमा ६ गतेसम्म चारदिने आँखा उपचार शिविर सुरु हुन लागेको हो ।

विहान ८ बजे आँखा उपचार केन्द्र भारतीवाडामा शिविरको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल नेत्रज्योती संघ जिल्ला शाखा जुम्लाले जनाएको छ ।