समाचार

बन्दको सामान्य प्रभाव

अनलाइन नेपालगंज

आईतवार, ३ आश्विन २०७२

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण उपत्यका बाहिरको जनजीवन केही प्रभावित भएको छ । काठमाडौ.मा भने खासै प्रभाव परेको छैन ।

बिहानैदेखि गाडी चलिरहेको प्रहरीले जनाएको छ । ठाउँ ठाउँमा आतंक सृजना गर्न शकास्पद बस्त राखिएका छन् । बिहान सडकमा अवरोध गर्न खोज्ने ११ जनालाई प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट पक्रेको छ ।

काठमाडौंबाट बाहिरिने र भित्रने गाडी भने कम चलेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।