राजनिति

यस वर्षको तिज जुम्लामा संविधान विशेष बन्दै ।

अनलाइन नेपालगंज

बुधबार, ३० भाद्र २०७२

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा जुम्लाको विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पुजाआज गर्ने महिलाहरुको विहानै देखि भुँईचो लागेको छ । विहानै देखि  नदि तथा धारामा नुहाईधुहाई गरी भगवान शिवको दर्शन गर्नको लागी महिलाहरुको भिड लागेको हो ।

teej in jumla_onlinenepalgunj.com

photo: whynepal.com

जुम्लाको चन्दननाथ नगरपालिकामा रहेको दानसाँगु, कुडारी गाविसमा रहेको त्रिवेणी लगायतका जिल्लाका विभिन्न गाविसमा रहेको शिव मन्दिरमा पुजा आजा गरेर तिज पर्व मनाईदै छ । तिजको अवसरमा जुम्लाको दानसाँगु, कुडारीको त्रिवेणी, हाँकुमा रहेको त्रिवेणी र नेपाली सेनाको टुडिखेल मैदानमा तिजको अवसरमा सास्कृतिक कार्यक्रम हुने भएका छन् । विहान १० बजेपछि औपचारिक कार्यक्रम हुने भएको हो । जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा पनि पुजाआजा गर्ने महिलाहरुको घुइँचो लागेको छ ।

 

यस वर्षको तिज जुम्लामा पनि संविधान विशेष बन्ने भएको छ । सबैले भनेको र सबैको हित हुने संविधान बनोस भन्ने कुरामा जोड दिनको लागी तिज प्रतियोगिता सञ्चालन गर्न लागेको चन्दननाथ नगरपालिका वडा नम्बर १ दानसाँगुका महिलाहरुले बताएका छन् ।