अन्तराष्ट्रिय समाचार

मक्कामा ठूलो दुर्घटना

अनलाइन नेपालगंज

शनिबार, २६ भाद्र २०७२

साउदी अरबको मक्का शहरमा भएको एक दुर्घटनामा कम्तीमा १ सय ७ जनाको मृत्यु भएको छ । विश्वभरका मुस्लिमहरुको पवित्र शहर मक्कामा हज गर्न गएका व्यक्तिहरुमाथि क्रेन खस्दा अरु २ सय ३० जना घाईते भएका छन् ।

m-4

मक्कामा रहेको अल हरम मस्जिदको छतमा रहेको क्रेन हिजा खस्दा हजमा गएका व्यक्तिहरु त्यसको चपेटामा परेका थिए । साउदी अरबको नागरिक सुरक्षा विभागका अधिकारीहरुका अनुसार तिब्र गतिको हावा र वर्षाका कारण छतको क्रेन खसेको थियो । क्रेन खसेर मस्जिदको छत भत्काएको थियो ।

m-1

अधिकारीहरुले कसरी यस्तो हुन पुग्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । सामाजिक संजालहरुमा पोष्ट गरिएका फोटाहरुमा भवन निर्माणका प्रयोग गरिने रातो रंगको ठूलो क्रेन मस्जिदको छतमा खस्दा मस्जिद भत्केको दृष्यहरु देखिएका छन् । तीर्थालुहरु नमाजमा व्यस्त रहेका बेला उक्त क्रेन मस्जिदको छत तोडेर भित्रसम्म पुगेको थियो ।

_85503694_grandmosquemapv4