समाचार

भदौ २९ गते संविधान ल्याउने तयारी

अनलाइन नेपालगंज

शुक्रबार, २५ भाद्र २०७२

झन्डै ८ वर्षको प्रतिक्षापछि संविधान आउने पक्का भएको छ । भदौ भित्रै संविधान ल्याउने तयारी सहित आन्तरिक कार्यतालिका तय भएको छ । निणर्य प्रक्रियामा कुनै फेरबदल नभए यही भदौ २९ गते मुलुकले नयाँ संविधान पाउने गरि तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

आज दिउँसो २ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ र आगामी आइतबार सक्ने तयारी छ । सबै धारा ध्वनि मतले पारित हुनेछन् । संविधानसभाका उपस्थित सदस्य संख्याको दुई तिहाईले समर्थन जनाए हरेक धारा पारित हुनेछन् । असन्तुष्ट ११ दलका ८३ सभासद्ले संविधानसभा बहिष्कार गर्दा पनि संविधान पारित गर्न समस्या हुने छैन ।

nepal-constitution

यसैबीच प्रमुख तीनदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठमा असन्तुष्टका माग र संविधान निर्माण प्रक्रियाका विषयमा छलफल भइरहेको छ ।

संविधानमा असन्तुष्टका कुन माग समेट्ने भन्नेमा छलफल जारी छ ।