राजनिति

लोडसेडिङ मुक्त जिल्लाको माग गर्दै विद्यार्थीहरुको आन्दोलन, जनजीवन प्रभावित

अनलाइन नेपालगंज

बुधबार, २३ भाद्र २०७२

लोडसेडिङ मुक्त कञ्चनपुरको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले आज कञ्चनपुर जिल्लामा आज दिउँसो १ बजेसम्म गरेको आमहडतालका कारण जनजीवन प्रभावित भएको छ । आमहडतालका कारण बजार व्यवसाय, कलकारखाना, शिक्षणसंस्था, यातायात लगायत सबै क्षेत्र ठप्प भएका छन् ।

विद्यार्थी संगठनहरुको हिजो बसेको बैठकले आज बिहान ७ बजेदेखी १ बजेसम्म कञ्चनपुर जिल्लामा आमहडतालको घोषणा गरेको थियोे । नेपाल विद्युत् प्राधिकरणले आफूहरुसँग गरेको सम्झौताको उल्लङ्घन गर्दै दैनिक ७ / ८ घण्टा लोडसेडिङ गरेको भन्दै कञ्चनपुरमा क्रियाशील विद्यार्थी संगठन चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।