समाचार

गोविन्द केसीले आज आमरण अनसन तोड्दै

अनलाइन नेपालगंज

आईतवार, २० भाद्र २०७२

मेडिकल शिक्षा क्षेत्रको सुझारको माग राख्दै आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीले आज आमरण अनसन तोड्दै हुनुहुन्छ । अनशन बसेको तेह्रौं दिनमा गएराती डा. केसी र सरकारबीच ११ बुँदे सहमति भएपछि केसीले १४ दिनमा आज आमरण अनसन तोड्न लाग्नु भएको हो ।

आज दिउँसो ३ बजे आमरण अनसन तोडिनेछ ।

Dr.Gobinda-KC

सहमतिपत्रमा डा.केसी र सरकारका तर्फबाट मुख्यसचिव सोमलाल सुवेदी तथा योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले हस्ताक्षर गर्नु भएको छ ।  माथेमा प्रतिवेदनको सुझावअनुसार मन्त्रिपरिषद्को पहिलो बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने सहमति भएको छ । चिकित्सा शिक्षा नीतिसम्बन्धी गरिएका निर्णयको सहजीकरण र अनुगमन पनि यही आयोगले गर्नेछ ।

एमबीबीएसमा अधिकतम वार्षिक सिट निर्धारण गरिनेछ। यसअन्तर्गत पहिलो वर्ष एक सय ३५, दोस्रो वर्ष एक सय १५ र तेस्रो वर्ष सय सिट संख्या तय गरिएको छ ।