राजनिति
आन्दोलनकारीको ढुंगा प्रहारबाट बाँकेमा मोटरसाइकल चालकको मृत्यु
अनलाइन नेपालगंज
शुक्रबार, १८ भाद्र २०७२नेपालगन्ज-कोहलपुर सडकखण्डमा आन्दोलनकारीको ढुंगा प्रहारबाट एक सर्वसाधारणको ज्यान गएको छ। नेपालगन्जबाट कोहलपुर जाँदै गरेको भे ५ प ४२५० नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय करण सिंहको आन्दोलनकारीको ढुंगा प्रहारबाट ज्यान गएको हो।
आन्दोलनकारीले प्रहार गरेको ढुंगा उनको छातिमा लागेको थियो। उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजादै गरेको अवस्थामा मृत्यु भएको हो।
यस्तै बाइकको पछाडि बसेका बाँके नौबस्ता २ बिनोद शाही घाइते भएका छन्।