खेलकुद
राष्ट्रिय लिग फुटबल प्रतियोगिता पुनः सुरु हुने
अनलाइन नेपालगंज
शुक्रबार, १८ भाद्र २०७२
भूकम्पपछि स्थगित राष्ट्रिय लिग फुटबल प्रतियोगिताका बाँकी खेलहरु यही भदौ २८ गतेदेखि पुनः सुरु हुने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको हिजो बसेको कार्यसमिति बैठकले भदौ अन्तिम साताबाट लिग सुचारु गर्ने निर्णय गरेको हो । लिगमा सहभागी सबै क्लवका प्रतिनिधिहरुसँगको छलफलका आधारमा खेल तालिका तयार गरिएको एन्फाले जनाएको छ ।
लिग तालिकामा ८ खेल खलेको झापा ११ शीर्ष स्थानमा रहेको छ भने ७ खेल खेलेको सशस्त्र प्रहरी दोस्रो स्थानमा रहेको छ । त्यस्तै ७ खेलनै खेलेको नेपाल आर्मी तेस्रो स्थानमा रहँदा ६ खेल खलेको थ्रीस्टार चौथो स्थानमा छ ।