समाचार

असन्तुष्टको माग सम्बोधन गर्ने दलहरुको प्रयास आज पनि जारी

अनलाइन नेपालगंज

शुक्रबार, १८ भाद्र २०७२

थारु, मधेसीलगायत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न आज पनि बिहानैदेखि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा बसेका छन् । सीमांकन लगाएतका विषयमा असन्तुष्टी जनाउँदै आन्दोलनमा रहेका दलका नेताहरुसंग प्रमुख दलका नेताहरुले आज र भोली सकेसम्म निर्णायक वार्ता गर्ने बताएका छन् । वार्तामा आउन चाहने आन्दोलनकारीहरुसंग जतिबेला पनि वार्ता गर्न प्रमुख दलहरु तयार रहेको एमालेका उपाध्यक्ष भिम रावलले बताउनु भयो ।

हिजो साँझ बसेको प्रमुख दलका शिर्ष नेताहरुको बैठकले आन्दोलनरत पक्षहरुका मागलाई संसोधन प्रस्तावमार्फत संम्बोधन गर्ने निष्कर्ष दलहरुले निकालिसकेका छन् । आन्दोलनमा उठेका सवै माग अहिले नै संवोधन गर्न नसकिए पनि मुख्य मुख्य मागहरु संवोधन गर्ने र बाँकी पछि संविधान संशोधन गर्ने गरी संविधान जारी गर्ने तयारी नेताहरुको छ ।