राजनिति

मलेसिया पुगेका सल्यानका एक युवक मृत फेला

अनलाइन नेपालगंज

बुधबार, १६ भाद्र २०७२

बैदेशिक रोजगारीको लागी मलेसिया पुगेका सल्यानका एक युवकको मृत्यु भएको छ  ।

१० महिना अघि मलेसिया पुगेका सल्यान सिनवाङ ३ रिमालि ज्युलाका २७ वर्षिय हेमन्तराज ओलिको मृत्यु भएको उहाँका दाइ दिनेशले जनाउनुभयो ।हल्का ज्वरो आपछि विरामी भएर राती सुतेका हेमन्त विहान ओछ्यानमा मृत फेला परेको मलेसियामै रहेका साला साइनो पर्ने भरत केसीले घरमा जानकारि गराउनुभएको थियो ।

हेमन्तको शवलाइ नेपाल ल्याउने प्रक्रिया अगाडी बढेको दाइ दिनेशले जनाउनुभयो । मृतक हेमन्तका श्रीमती, एक छोरा र दुइ छोरि छन