समाचार

पेट्रोलियम पदार्थ मुल्य घट्यो

अनलाइन नेपालगंज

बुधबार, १६ भाद्र २०७२

नेपाल आयल निगमले घटाएको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागु हुने भएको छ । आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा दुई तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३५ घटाइएको प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैया ५० पैसा तथा डिजेल र मट्टितेलको प्रतिलि ८४ थियो । खाना पकाउने ग्यासको मूल्य यसअघि  एक हजार ४३५ भएकामा अब  एक हजार ४०० कायम गरिएको छ ।

nepal_oil_corporation

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपाली बजारमा पनि समायोजन गर्नुपरेको निगमका प्रवक्ता बरालले जानकारी दिनुभयो ।