राजनिति

दुर्घटनाका घाइतेको १० दिनपछि मृत्यु

अनलाइन नेपालगंज

सोमबार, १४ भाद्र २०७२

१० दिन अघि मोटरसाईकल दुर्घटनामापरि गंभिर घाईते भएका तुलसीपुर स्थित दिर्घायू पोलिक्लिनिकका फाउन्डर प्रेमप्रकास वलीको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ ।

सल्यान वाफुखोला गाविस वडा नन्वर २ स्थाइ घर भइ तुलसीपुरमा ९ वर्ष देखि दिर्घायू पोलिक्लिनिक संचालन गर्दै आएका वलीको लखनउको सामरा हस्पिटलमा उपचारका क्रममा आज विहान ४ बजे तिर मृत्यु भएको वलीका साथि अर्जुन न्यौपानेले जानकरी दिनुभयो । १० दिन पहिले घोराही स्थित वुद्धि ग्यारेज नजिकै दुर्घटनामा परेर गंभिर घाईते भएपछि उनलाई घोराही र नेपालगंजमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि लखनउ लगिएको थियो ।