राजनिति

जुम्लामा आजदेखि कर्णालीकै ठूलो र लामो जात्रा सुरु ।।

अनलाइन नेपालगंज

आईतवार, १३ भाद्र २०७२

जुम्लामा आजदेखि कर्णालीकै ठूलो र लामो जात्रा सुरु हुँदैछ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिन्छ । पहिलो दिन आज गाइजात्रा निकालिन्छ भने भोली रोपाइँ जात्रा निकालिने जात्रा समितिका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र अन्य रमाइला आइटम तथा चौथो दिन १६ गते मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने उहाँको भनाइ छ । जात्रामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले सुरक्षा व्यवस्था कडा पारेको छ ।

जात्रामा मानिसको भिड हुने भएकोले अपराधिक कृयाकलाप नियन्त्रणका लागि सुरक्षा व्यबस्था कडा पारिएको हो ।