समाचार

संविधान सभा

अनलाइन नेपालगंज

शनिबार, १२ भाद्र २०७२

संविधान सभाको बैठकमा आज पनि सभासद्हरुले नयाँ संविधानको विद्ययक माथी छलफल गर्ने भएका छन् ।

हरेक दिन विहान ८ बजे देखि साँझ ७ बजे सम्म चल्दै आएको छलफल आज भने जनैपुर्णीमा भएकाले दिउसो १ बजेपछि मात्रै सुरु हुने भएको छ ।

संविधानको विद्ययक माथी अहिले सम्म ३ सय २५ जनाले वोलेको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।

Subash-Nembang

वोल्न नाम टिपाएका मध्ये अव १ सय २७ जना वोल्न वाकी रहेको उहाँले बताउनु भयो ।

वोल्ने क्रम भोली सम्ममा सकिने सहप्रवक्ता कुईकेलको अनुमान छ । उहाँले वोल्ने क्रम सकिएपछि विद्ययक संसोधनका लागि प्रस्ताप पेश गर्न सात दिनको म्याद दिदै बैठक स्थगित हुने बताउनु भयो ।

व्यवस्थापिका संसदको बैठक भने चालु आर्थिक बर्षको बजेट पारित गर्दै १५ गते सम्मका लागि स्थगित भईसकेको छ ।