राजनिति

जनचेतना पाएपछि महिनावरी भएको बेला पनि घरमा बस्दै ।

अनलाइन नेपालगंज

शुक्रबार, ११ भाद्र २०७२

नौरते नेपाली, रेडियो कर्णाली, जुम्ला

स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतना पाएपछि जुम्ला बड्कि गाविस ऋखीदेव गाउँका १५ वर्षीय बालिका मैना रोकाया महिनावरी भएको बेला घरमा बस्दै आउनु भएको छ । महिनावरी भएको दुइवर्ष सम्म घर बाहिर दस्दै आउनु भएका रोकाया अहिले घरमा बस्दै आएको बताउनु हुन्छ ।

किर्डाक नेपाल जुम्लाले स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतना मुलक दुइ दिने तालिम दिएपछि रोकायाले महिनावारी भएको बेला घरमा बस्दा पनि खासै केहि नहुने थाहापाएपछि घरमा बस्दै आएको बताउनु हुन्छ ।

तालीम लिएको दिनमै ऋखीदेव गाउँका खोडाकाँध खानेपानी आयोजनाका अध्यक्ष जयवहादुर रोकायाको घरमा बस्नु भएको हो । खानेपानी आयोजनाका अध्यक्ष र मैना रोकाया एउटै तालीममा बसेपछि अध्यक्ष रोकायाले आफ्नै घरमा मैना महिनावरी भएको बेला लिएर भान्सामा बसालेर खानु खुवाउनु भएको हो ।

– सीआईएन