राजनिति

विद्युत सेवा प्रभावकारी नभएको गुनासो ।

अनलाइन नेपालगंज

शुक्रबार, ११ भाद्र २०७२

वालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट

जिल्ला सदरमुकाम खलंगामा वितरित विद्युत सेवा हिजो आज प्रभावकारी ढंग वाट सूचारु हुन नसकेको स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन् । विद्युत पटकपटक विग्रिने र पटक पटक समस्या हुने भएकोले विद्युत प्रति नागरिकहरुले सन्तुष्टि हुने ठाँउ नभएको केहि उपभोक्ताहरुल्ो कार्यालयमा आएर भन्ने गरेका छन ।

जिल्ला सदरमुकाम खलंगामा वढि लोड हुदाहुदै पनि विद्युत सेवा संचालन गर्नु अत्यन्तै जोखिम भएको आयोजनाले जनाएको छ । विद्युतका तारहरु पावर हाउस परिसरमा खिएका छन् । अत्याधिक लोडका कारण पग्लिएर महिनै पिच्छे नया परिर्वतन गर्नु पर्ने वाध्यता छ ।

आयोजनाको विभिन्न समस्याले गर्दा तोकिएको समयमा समेत साधारण सभा संचालन हुन सकेको छैन ।

– सीआईएन