मनोरञ्जन

विमाकुमारी भन्छिन्, ‘अहिले तिज गीत सुन्नै लाज लाग्छ’ ..

अनलाइन नेपालगंज

बुधबार, ९ भाद्र २०७२

काठमाडौं  । नेपाली नारीको महान पर्व तिजलाई लक्षित गरि तयार पारिएका चारवटा गीतिसंग्रह एकसाथ विमोचन गरिएको छ । राष्ट्रिय लोकसंचारकर्मी नेपालद्वारा राजधानीमा आयोजित एक समारोहबीच गायिका उमा श्रेष्ठको ‘सितारा टलल’, मन्जु गौतमको ‘कसलाई थाहा छ अर्को साल मरिन्छ बाचिन्छ’, अमृता लुङ्गेली मगरको ‘तीज आयो’ र सुनिता गुरुङको ‘नाच्छु मत छमछम’ सार्वजनिक गरिएको हो । ती चारै एल्बमको संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री कृपाशुर शेर्पाले सार्वजनिक गरेका थिए ।

IMG_8266

पछिल्लो समय नेपालको सांस्कृतिक तथा सामाजिक सद्भावको पर्वका रुपमा मनाइन थालिएको तिजबारे तयार पारिएका गीतसंगीतमा विकृति देखिन थालेको छ । यसति राष्ट्रिय लोकसंचारकर्मी नेपालले मौलिक पहिचान बोकेका तिज केन्द्रित गीतसंगीत सार्वजकि गरेको जनाएको छ । कार्यक्रममा संस्कृतिमन्त्री शेर्पाले पछिल्लो समय बजारमा आएका केही गीतसंगीतले सामाजिक सद्भाव तथा मौलिक इतिहाससमेत ख्याल नगरेको गुनासो गरे । सामाजिक सद्भाव र भाइचारा विकासका लागि मौलिक लोकसंगीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले मौलिक संस्कृतिको जर्गेनाका लागि सबैले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव प्राध्यापक डाक्टर, जिवेन्द्रदेव गिरिले नेपालका विभिन्न कला, संस्कृति र लोकसाहित्य नेपाली समाजको गहना भएको बताउदै नेपाली समाजको एकतामा लोकसाहित्य र संस्कृतिको महत्वपूर्ण स्थान भएको बताएका । बरिष्ठ लोकगायिका विमाकुमारी दुराले अहिलेका तिज गीत सुन्नै लाज लाग्ने खालको भएको बताइन् । ‘केही समय अघिसम्म नेपाली नारीको एकताको सांस्कृतिक पर्व थियो तिज’ उनले भने, ‘तर अहिले आएका गीतसंगीत महिलासँगै बसेर सुन्नै लाज लाग्ने अवस्था आएको छ ।’
कार्यक्रममा लोकसंचारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले नेपाली पहिचानै मेटिने खालका लोकसंगीतलाई निरुत्साहित गरिनुपर्ने बताउँदै भने, ‘यसका लागि पत्रकार, कलासाहित्य अनुरागी स्रोता तथा दर्शकका साथै सरकारका सम्बन्धित निकायले ध्यान दिने बेला आएको छ ।’