राजनिति

टिकापुरमा एसएसपीसहित २० को मृत्यु, ११ सशस्त्र, ६ नेपाल प्रहरी र ३ आन्दोलनकारी मारिए

अनलाइन नेपालगंज

सोमबार, ७ भाद्र २०७२

भाद्र ७, २०७२- कैलालीकाे टिकापुरमा भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यानेसहित २० जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार सशस्त्र प्रहरीका ११, नेपाल प्रहरीका ६ र आन्दोलनकारी तर्फ ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टरहरु केशव बाेहरा र बलराम बिष्ट छन् ।

नेपाल प्रहरीका सुदूर पश्चिम डिआइजी रामकुमार खनालले करिब १:४५ तिर प्रदर्शनकारीहरु निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि घटना भएको बताउँदै घाइतेको उद्दारमा व्यस्त भएकाले हताहतीको संख्या यकिन नभएको बताए ।

……………….

कैलालीको टीकापुरमा थरुहट पक्षधर र प्रहरीबीच भएको भिडन्तमा प्रहरी एसएसपीसहित ६ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य विभागका डिअाइजी हेमन्त पालका अनुसार सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने र दुईजना इन्सपेक्टर केशव बाेहरा र बलराम बिष्टसहित एक हवल्दार एक सिपाहीको मृत्यु भएको छ । एक हवल्दार सहित सशस्त्र प्रहरीका ३ पनि मृत्यु भएको छ । यस्तै प्रदर्शनकारी तर्फ पनि ठूलो हताहात भएकाे छ ।

प्रशासनले जारी गरेको निशेधित क्षेत्र तोडेर सभा गर्न खोजेका थरुहट कार्यकर्ता र प्रहरीबीच भीडन्त भएको थियो । भीडन्त टिकापुर र दुर्गाैली क्षेत्रमा भएको हो । तीनतिरबाट १० हजार जति प्रदर्शनकारी जम्मा भएका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पनि कैयाै‌ हताहत भएको बताएका छन् । प्रदर्शनकारी तर्फ ३ जना सिकिस्त भएको र अन्यलाई पनि अस्पताल पुर्‍याइएको छ ।

यसै घटनालाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले केहीबेरमा बस्ने तयारी भइरहेको छ । गृहमन्त्रालयमा सुरक्षाा समितिको आकस्मिक बैठक अहिले चलिरहेको छ ।

काे हुन् एसएसपी न्यौपाने ?

एसएसपी न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् । उनको स्थायी घर चन्द्रगढि, झापा हो । हाल श्रीमती र एक छोराऽ एक छोरी सहित काठमाडौं सिनामंगल बस्दै आएका थिए ।

स्रोत : कान्तिपुर