खेलकुद

विमलको कप्तानीमा भुटानका विरुद्ध आज मैदानमा उत्रिदै नेपाल

अनलाइन नेपालगंज

बिहीबार, ३ भाद्र २०७२

काठमाडौं, ३ भदौ ।  यू १९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । केही वर्ष यतादेखि ओरोलो लागीरहेको नेपाली फुटबल फेरी सुधारउन्मुख मार्गमा आइरहेको भनीरहेका बेला आज नेपालले भुटानको सामना गर्दैछ ।

दिउसो साडे ३ बजेबाट एन्फा टेक्नीकल सेन्टरमा हुने प्रतियोगीतामा नेपालले विमल घर्ती मगरको कप्तानीमा खेलाडीलाई मैदानमा उतार्दै छ । प्रतियोगीतामा नेपाल सहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । यो प्रतियोगितामा नेपाल, भुटान र बंगलादेश रहेको समूह ए मा छ । समूह बीमा भने भारत, अफगानिस्तान र माल्दिभ्स छन् । प्रतियोगिता भदौ १२ गतेसम्म हुनेछ ।

Source : Taja khabar