समाचार

नागलाई नमन

अनलाइन नेपालगंज

बुधबार, २ भाद्र २०७२

नागको पूजा गरी आज नागपञ्चमी पर्व मनाइदै छ । खेतीपातीमा कृषकका लागि रोपाइँमा आवश्यक पर्ने पानी ल्याएर सहयोग गरिदिने नागको सम्झनास्वरुप आजको दिन नागको पूजा गर्ने परम्परा चल्दै आएको विश्वास गरिन्छ ।

 

Nag-Panchami-at-Nagpokharai

नागपञ्चमीको अवसरमा नक्शालको नागपोखरी, ललितपुरको धापाखेलस्थित नागदह लगायतका स्थानमा पूजा गर्ने र दूध चढाउनेहरुको भीड लागेको छ ।

Nagpanchami-at-Nagpokhari-0

धापाखेल, सुनाकोठी, हरिसिद्धि, ठेचो, चापागाउँ, झरुवाराशी लगायतका विभिन्न ठाउँबाट ठूलो संख्यामा दर्शनार्थीहरु नागदह पुगेका छन् । नागदहमा काली नाग भएको जनविश्वास छ ।

Nag-Panchami-at-Nagpokharai

Nagpanchami-at-Nagpokhari

Nag-Panchami-at-Nagpokharai

 

यी तस्वीर काठमाडौंको नक्शालस्थित नागपोखरीका हुन् । तस्वीर : विकाश श्रेष्ठ/अनलाइनखबर

Source: onlinekhabar.com