बिज्ञान/प्रबिधि

विन्डोज १० निशुल्क अपग्रेड गर्ने तरीका

अनलाइन नेपालगंज

शुक्रबार, २९ श्रावण २०७२

काठमाडौँ १३, श्रावण । ९ महिनाको परिक्षणपछि माइक्रोसफ्टले अन्तत: विन्डोज १० को अन्तिम भर्जन सार्बजनिक गरेको छ  । यसको सबै भन्दा राम्रो बिशेषता भनेको हाल विन्डोज ७ र विन्डोज ८.१ का प्रयोगकर्ताहरुले निशुल्क रुपमा विन्डोज १० अपग्रेड गर्न सक्ने छन् । सो सुबिधा आजबाट १९० देशमा प्राप्त हुनेछ  ।   विन्डोज ७ र विन्डोज ८.१ बाहेकका प्रयोगकर्ताहरुका लागि भने विन्डोज १० खरिद गर्न  ११९ डलर पर्ने छ  ।

निशुल्क अपग्रेड गर्ने तरीका  

निशुल्क अपग्रेड गर्नको लागि विन्डोज १० एपमा आफ्नो तपाइले रजिस्टर गर्नु पर्ने हुन्छ  ।

रजिस्टर गर्नको लागि सो एपको दाहिने पट्टि रहेको टास्कबारमा रहेको विन्डोज आइकन क्लिक गर्नु पर्छ ।

त्यसपछि तपाइले  “Reserve your free upgrade” मा क्लिक गर्नु पर्ने हुन्छ ।

त्यसपछि आफ्नो ईमेल हालेर रजिस्ट्रेसन पुरा गर्नु होस्  ।

अब अपग्रेड तयार हुनासाथ माइक्रोसफ्टले तपाइलाई नोटिफिकसन पठाउनेछ र सजिलै अपग्रेड गर्न सक्नु हुनेछ ।

तपाइको ल्यापटप/कम्प्युटर जेन्युन हुनुका साथै अटोमेटिक अपडेटर अन हुनुपर्छ त्यसपछि मुनि दया साइडमा (चित्रमा हेर्नुहोस्) एउटा बटन देखा पर्छ ।wondos 10

बिस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहोस्