बिचित्र संसार

जहाँ सोमबारको दिन युवतीलाई बनाइन्छ पानी-पानी

अनलाइन नेपालगंज

शुक्रबार, २९ श्रावण २०७२

हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ ।

मध्य युरोप, खासगरी पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपको युक्रेन लगायतका देशका क्रिस्चियनहरुमा सोमवारको दिन केटीहरु पानी-पानी हुने दिन हो ।

सोमवारको दिन केटाहरुले केटीहरुलाई पानीले भिजाइदिने गर्छन् । अझ आफुलाई मन परेको केटीलाई पानी छ्यापेर टाउको देखि पाइतालासम्म निथ्रुक्कै भिजाउन पाउँदा केटाहरुले जितेको सम्झिन्छन् ।

water and leadie (5)

यस्तो संस्कारलाई वेट मण्डे अर्थात् भिजेको सोमवार भनिन्छ । भिजेको सोमवार मनाउँदा सबै पाप नष्ट हुने विश्वास गरिन्छ ।

यद्यपि वर्षैभरीका सोमवार यसरी पानीले भिजाउने खेल खेलिने भने होइन । हिन्दु महिलाहरुले साउनको सोमवारलाई विशेष रुपमा मनाउने गरेझैँ मध्य तथा पूर्वी युरोपका इसाइ धर्मावलम्बीहरुले खासगरी क्रिस्चियनहरुको पवित्र सप्ताह इस्टरको दोश्रो दिन अर्थात् इस्टर मण्डेको दिन यसरी महिलालाई पानीले भिजाउने काम गर्छन् ।

केटाहरु बोतल तथा बाल्टिनमा पानी भरेर केटीहरुलाई लखेट्दै पानी खन्याइदिने परम्परा साँच्चीकै हिँदुहरुको होलीकै सिको जस्तो लाग्दछ । यो वर्षको इस्टर सप्ताह गएको अपि्रल ५ देखि एक हप्तासम्म परेको थियो ।

उता दक्षिण जर्मनीमा भने हिउँमा घोडचढी गरेर वेट मण्डे मनाइन्छ । एजेन्सीको सहयोगमा

water and leadie (1)

water and leadie (2)

water and leadie (3)

water and leadie (6)

water and leadie (7)