प्रवास

कोरियामा एक नेपालीद्वारा आत्महत्या

अनलाइन नेपालगंज

आईतवार, २४ श्रावण २०७२

सउल , कोरियामा एक नेपालीले आत्महत्या गरेका छन । कास्की घर भएका रामहरी बरालले आफू सुत्ने कोठैमा झुन्डिएर आत्महत्या गरेका हुन् । कोरियाको हवासङसिमा काम गर्दै आएका बराल बिहान ८ बजेसम्म पनि काममा नआएपछि खोजी गर्दा मृत्त भेटिएका हुन् । बन्द कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेको घटनाका प्रतक्षदर्शीलाई उद्धृत गर्दै श्रम सहचारी अनिल गुरुङले बताए । अविवाहित बरालले आत्महत्या अघि फेसबुकमा लामो स्टाटस लेखेका थिए । जसमा उनले आफूसंग भएको पैसाको विवरण खुलाउदै भूकम्प पीडित र आफन्तलाई दिन लेखेका छन् । ईपीएस प्रणाली अन्तर्गत कोरिया आईपुगेका बरालसँगै अरु २ जना नेपाली कार्यरत छन् ।