अन्तराष्ट्रिय समाचार

बाढी पहिरोबाट भारतमा १०० जनाको मृत्यु

अनलाइन नेपालगंज

आईतवार, २४ श्रावण २०७२

नयाँ दिल्ली, साउन १८, भारतको पश्चिम बङ्गलामा भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीमा १०० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । गुजरात, राजस्थान, पश्चिम बङ्गलालगायत यसकै छिमेकमा पर्ने राज्य ओडिसामा गरी बाढी पहिरोबाट ८० लाख भन्दा बढी व्यक्ति प्रभावित भएको जनाइएको छ । गत दुई दिनयता यस प्रकोपबाट पश्चिम बङ्गालमा ४८, राजस्थानमा २८ र ओडिसामा पाँच व्यक्तिको मृत्यु भएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ ।