समाचार
बिषालु च्याउँ खादा एकै घरका दुई जनाको मृत्यु
अनलाइन नेपालगंज
आईतवार, २४ श्रावण २०७२कालीकोट,साउन २२,कालीकोट जिल्लाको बदालकोट गाबिस वार्ड नं २ बरातु गाउँमा जंगली च्याउँ खादा एकै घरका दुइ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बर्ष ४० का होईजाली रोकाया र वर्ष १७ की ममता रोकाया रहेको कालीकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहिबार बनबाट ल्याएको च्याउँ तरकारी बनाएर खाएको केही समयमै होईजालीको मृत्यु भएको थियो भने ममतालाई जिल्ला अस्पताल कालीकोटमा उपचार गर्दा गर्दे शुक्रबार बिहान मृत्यु भएको कालीकोट जिल्ला अस्पतालका स्वास्थ्य कर्मीहरुले बताएका छन । मृतक दुबैजनाको शुक्रबार बिहान आफन्तले दाहसंस्कार गरेका छन । –