मनोरञ्जन

सायास रावलको ” बानी बदलियो ” सार्वजनिक( भिडियो)

अनलाइन नेपालगंज

शुक्रबार, २२ भाद्र २०७५

रबिन स्वाँर, काठमाडाैं ।

स्वरका धनी सायस रावलको नयाँ गीत बदलियो बानी सार्वजनिक भएको छ । पहिले पनि २ वटा गीत श्रोता माझ ल्याएका रावलले अाफ्नो नयाँ प्रस्तुति युट्युबमा सार्वजनिक गरेका हुन् ।

वि.सं. २०५२ साल माघ २३ गते अछाम जिल्लामा जन्मिएका रावलको कैलालीको टिकापुरमा घर भएता पनि उनी हाल काठमाडाैँमा बसेर संगित साधना गरिरहेका छन् । वि.सं. २०७३ सालमा अाफ्नो पहिलो सोलो गीत ” न अाइज याद ” शिर्षकको गीत निकालेका थिए । जुन गीतले त्यो समयमा श्रोताको जिब्रोमा बास बस्न सफल भएको थियो ।

अाफ्नो रूचि अनि कलालार्इ गीत क्षेत्रमा समर्पित गरेका रावलले ” न अाइज याद ” पछि उनले “हेरेर तिमिलार्इ, कोसिश त गरेकै हो ” बोलका गीत समेत युट्युबमा सार्वजनिक गरिसकेका छन् ।

नेपाली संगीतलार्इ माया गर्ने स्वरका धनी रावल अनलार्इन नेपालगञ्जसँग कुरा गर्दै भन्छन् , ” दर्शकहरूको माया तथा हाैसलाले नै हामी कलाकारहरूको सांगीतिक यात्रा सफल हुन्छ । अाशा छ यो नयाँ गीतमा पनि दर्शकहरूले पुरानै न्यानो साथ दिनु हुनेेछ । “